पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ ।
कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य समेत रहेका गुरुङको निधन भएको हो । उनी २०५९ असोजमा सहायकमन्त्री बनेका थिए । नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर ३ बाट सांसद बनेका थिए ।
गुरुङको अन्त्येष्टि असोज १४ गते बिहान १० बजे पोखरा–११ स्थित उनको निवासबाट शवयात्रासहित रामघाटमा गरिने परिवारले जनाएको छ ।






