जम्मु-कश्मीरमा गोली चल्यो, ४ जनाको मृत्यु

एजेन्सी, १४  असोज । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा घटना भएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारका केही सहकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनले आफ्नो साथमा रहेको राइफलबाट सहकर्मीमाथि गोली चलाएको आरोप छ ।

गोली लागेर चार जना सीआईएसएफ कर्मचारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएको थियो । उपचारका क्रममा चारै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन् ।

घटनापछि अन्य सीआईएसएफ जवानहरूले हेडकन्स्टेबल अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए । उनलाई पछि प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको राइफलसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए । घटनाको वास्तविक कारण र गोली चलाउनुको परिस्थितिबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।–बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको