जम्मु-कश्मीरमा गोली चल्यो, ४ जनाको मृत्यु

एजेन्सी, १४  असोज । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा घटना भएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारका केही सहकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनले आफ्नो साथमा रहेको राइफलबाट सहकर्मीमाथि गोली चलाएको आरोप छ ।

गोली लागेर चार जना सीआईएसएफ कर्मचारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएको थियो । उपचारका क्रममा चारै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन् ।

घटनापछि अन्य सीआईएसएफ जवानहरूले हेडकन्स्टेबल अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए । उनलाई पछि प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको राइफलसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए । घटनाको वास्तविक कारण र गोली चलाउनुको परिस्थितिबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।–बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार