करेन्ट लागेर एक जनाको मृत्यु

काभ्रे, ९ साउन । धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार, काठमाडौँ महानगरपालिका–२१ सतुङ्गल बस्ने ३० वर्षीय डेनिष प्रधानको मृत्यु भएको हो । उनी अन्नपूर्ण केबल लाइन सतुंगलमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते