अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु

गुल्मी, ९ साउन । गुल्मीमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-५ हसरा निवासी २२ वर्षीय पूर्ण सिउ थामी मगरको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार साउन २ गते राति घर नजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले दुवै खुट्टा र दाहिने हातमा धेरै ठाउँमा टोकेको थियो ।

टोकाइबाट गम्भीर घाइते भएका मगरलाई तत्काल मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो । उनको साउन ८ गते राति उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।