सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ, ४ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति करिब बाह्र बजे साधनको ठक्करबाट एक पैदलयात्री पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सवारी साधन सहित फरार रहेका चालकको खोजी तथा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।