एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाललाई तेस्रो स्थान

काठमाडौँ, २ साउन । नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो स्थान हासिल गरेको छ ।

आज मलेसियाको बायोमास ओभलमा इन्डोनेसियाले प्रस्तुत गरेको ६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । 

नेपालका सान प्रविनले अविजित २५, सावित्री धामीले २४ र करुणा विष्टले अविजित १६ रन बनाए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६८ रनको योगफल तयार पारेको थियो ।

इन्डोनेसियाका डर्नी रम्बु बन्गीले ३४ र नी पटु डेवीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा मात्र सात रन खर्चिइन् ।

अनु कडायतले दुई तथा रचनाकुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले एक–एक विकेट लिए । 

सेमिफाइनलमा नेपाल यूएई तथा इन्डोनेसिया  थाइल्यान्डसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

पर्सा, २ साउन । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १ साउन । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ ।