काठमाडौँ, २ साउन । सप्तरीको राजविराज कारागारमा विवाद भएको छ ।
आज विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कारागारका रुपक मण्डलका अनुसार दुई/तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको हो । अहिले आन्तिरक छलफल भइरहेको छ ।
आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति भएको छैन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारलाई समान्य कुटपिट गर्दा विवाद भएको जानकारी दिए । कैदीलाई समझाईबुझाई गर्दा अहिले अवस्था नियन्त्रणमा रहेको उनले बताए ।






