जबरजस्ती करणीका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

काठमाडौँ, २५ असार । सङखुवासभामा जवरजस्ती करणी गरेको आरोपपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जवरजस्ती करणी मुद्दामा फरार रहेका पाँचखपन नगरपालिका– ७ बस्ने ५७ बर्षीय गंगा बहादुर राई भन्ने दुर्गा बहादुर राईलाई २८ वर्षपछि बुधबार पक्राउ गरिएको हो ।

५७ बर्षीय बहादुर राईलाई जवरजस्ती करणी मुद्दामा तत्कालीन पुनरावेदन अदालत धनकुटा इजलासले २०६५ भदौ ५ गते तीन वर्ष कैद सजाय सुनाएको थियो ।  ५७ बर्षीय राई  २०५५ सालमा २२ बर्षीय युवतीलाई जवरजस्ती करणी पछि फरार थिए ।

प्रहरीको विशेष सुराकीको आधारमा खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय वानाले राईलाई पाँचखपन–७ स्थित घर नजिकै बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका राईलाई कानुन कारबाही र सजाय भुक्तानका लागि जिल्ला अदालत चैनपुरमा  बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालमा वैकल्पिक राजनीतिक नेतृत्वप्रतिको आकर्षण अझै कायम छ । तर त्यो आकर्षण टिकाइराख्न परिणाममुखी काम, सुशासन र संस्थागत सुधार अनिवार्य

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

रौतहट, २५ असार । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख

राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्डका रुपमा रहेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको सबैभन्दा ठूलो कानुनी तथा प्रक्रियागत अवरोध