मलेसिया जाने यू–१९ महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, २५ असार । एसीसी महिला यू–१९ प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार टोलीको बिदाइ गरेको छ । नेपाल सोनी पाख्रिनको कप्तानीमा मैदान उत्रिँदै छ । प्रतियोगिता जुलाई ११ देखि १८ सम्म मलेसियामा हुँदै छ । 

अन्य समूहमा तीन–तीन राष्ट्र रहँदा नेपालको समूहमा भने चार टोली छन् । समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार र जापान तथा समूह ‘बी’मा यूएई, ओमान र भुटान छन् । यसैगरी समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’मा नेपाल, हङकङ, सिंगापुर र कतार छन् ।

नेपालले जुलाई ११ मा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी, नेपालले जुलाई १२ मा सिंगापुर र जुलाई १४ मा हङकङसँग खेल्नेछ । 

नेपाली टोली : सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तृसना विक, कृस्मा गुरुङ, एन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । अहिले हिमाली भूभागमा साधारणतया

काठमाडौँ, २५ असोज । २०८३ साल असोज २५ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ। परिवार र साथीले सहयोग

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना