व्यक्ति होइन, संगठन बलियो बनाऔँ : पूर्णबहादुर खड्का

काठमाडौँ, २५ असार । नेपाली कांग्रेस इतरसमूहका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसमा एकताको विकल्प नभएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “व्यक्ति होइन, संगठन बलियो बनाऔँ । एक कांग्रेस, सबल कांग्रेस, सम्मान, सहकार्य र सामूहिक नेतृत्व हाम्रो प्रतिबद्धता हो ।” 

त्याग, संवाद र एकताले नै कांग्रेस बलियो बन्ने उनको भनाइ छ । संवादहीनता होइन, निरन्तर संवाद हुनुपर्ने खड्काले उल्लेख गरेका छन् । कांग्रेस विभाजन भन्दा पनि उनले बृहत् एकतामा जोड दिएका छन् । 

उनले पार्टी सभापतिका कारण कांग्रेस विभाजन हुने बताएका छन् । उनले आफूहरूले हदैसम्मको लचकता अपनाएको बताए । अब सभापतिले एकता नचाहे मात्र पार्टी विभाजन हुने उनको भनाइ छ । 

उनले भने, “उहाँहरूको कुरामा मैले विश्वास गर्न सकिनँ । हामीसँग भेट्दा सबै ठीकठाक जस्तो देखिन्छ । बाहिर निस्किसकेपछि के–के बोल्नुहुन्छ पत्याउनै गाह्रो हुन्छ,” । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालमा वैकल्पिक राजनीतिक नेतृत्वप्रतिको आकर्षण अझै कायम छ । तर त्यो आकर्षण टिकाइराख्न परिणाममुखी काम, सुशासन र संस्थागत सुधार अनिवार्य

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

रौतहट, २५ असार । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख

राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्डका रुपमा रहेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको सबैभन्दा ठूलो कानुनी तथा प्रक्रियागत अवरोध