कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

काठमाडौँ, २४ असार । स्विट्जरल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।

कोलम्बियालाई पेनाल्टीमा ४-३ ले पराजित गर्दै स्विट्जरल्याण्डले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा प्रवेश गरेको थियो । कोलम्बियाका डेभिन्सन सान्चेज र कुको हर्नान्डिज पेनाल्टीमा चुके । यस्तै, स्विट्जरल्याण्डका मेनुल अकान्जी चुक्दा नतिजा ४-३ हुनपुग्यो ।

स्विट्जरल्याण्डले क्वाटरफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना इजिप्टलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका