चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. खत्री नियुक्त

काठमाडौँ, २३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्रीलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाह (बालेन)ले डा. खत्रीलाई त्यहाँको उपाध्यक्ष बनाएका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे ।

आयोगमा यसअघि उक्त पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म त्यहीँका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत अधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव,

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन