चट्याङ् लागेर एक जनाको मृत्यु

काठमाडौँ, २१ असार । दाङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक महिलाको मृत्यु र दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया दिपा थापाको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

घोराही–९ मछाहीमा धान रोपाइँ भइरहेको बेला हिजो बेलुका एक्कासि चट्याङ्ग परेको थियो ।  घोराही–२ मर्फेस बस्ने २९ वर्षीया कमला थापा र त्यही ठाउँका ३४ वर्षीय सन्दीप विक घाइते भएका हुन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र