आज पाँच स्थानबाट हुनेछ ग्यास बिक्री

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ ।

अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन् । ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ ।

ग्यास बिक्री हुने प्रमुख स्थान र ब्रान्ड
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ ।

यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी हुनेछ । 

राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ ।

राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ । 

पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट  नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ । 

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ । 

उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र