अमेरिकाको मिसिगनमा गोली हानाहान, ६ जनाको मृत्यु

एजेन्सी, ३० साउन । अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये सन्दिग्ध हमलाकारी पनि रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना डेट्रोइटबाट करिब २७२ किलोमिटर टाढा रहेको मिसौकी काउन्टीमा भएको हो । दिउँसो एउटा घरमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ तीन जना मृत अवस्थामा भेटिएका थिए भने एक जना घाइते अवस्थामा फेला परेका थिए । घाइतेलाई तत्काल अस्पताल लगिएको थियो ।

प्रहरीले सन्दिग्धको पहिचान ३९ वर्षीय चाड हिकम्यानका रूपमा गरेको छ । प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनी त्यहाँबाट भागिसकेका थिए । त्यसपछि प्रहरीले उनको खोजी अभियान सुरु गरेको थियो ।

सन्दिग्धको खोजी भइरहेका बेला अर्को एउटा घरमा पनि गोली चलेको र त्यहाँ थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले स्थानीय बासिन्दालाई हतियारसहितका हिकम्यान अत्यन्तै खतरनाक हुन सक्ने भन्दै सावधानी अपनाउन र उनीबाट टाढा रहन चेतावनी दिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले सन्दिग्धको गाडी जंगल क्षेत्रमा फेला पारेको थियो । त्यसको केही दूरीमा सन्दिग्ध हिकम्यान र अर्का एक व्यक्तिको शवसमेत फेला परेको प्रहरीले जनाएको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

गोलीबारीको कारण भने अझै स्पष्ट भएको छैन । मृतकहरूबिच कुनै पारिवारिक वा अन्य सम्बन्ध थियो कि थिएन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले मृतकहरूको पहिचान तत्काल सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र