गाँजासहित दुई जना पक्राउ

काठमाडौँ, २१ असार । महोत्तरीको  एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरूमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही  गाउँपालिका–६ बस्ने २१ वर्षीय विपस नेगी छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन् । उक्त टोलीले धनकुटाको भेडेटारबाट  महोत्तरीको जलेश्वर हुँदै  पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्बरको ट्रकलाई रोक्न खोज्दा नरोकी तीव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शङ्कास्पद  देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याबिनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्दल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो ।

साथै उनीहरूको साथबाट नेपाली रुपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोबाइल थान २ थान तथा ट्रक र मोटरसाइकलको ब्लुबुक समेत  फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र