मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, १६ असार । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–३ का २२ वर्षीय गोविन्द मल्ल छन् ।

काठमाडौँ महानगरपालिका–३१ स्थित तीनकुनेस्थित सडकमा ना.८ ख १३७० नम्बरको ट्रकमा गएराति रा.७ प ८११५ नम्बरको मोटरसाइकल ठक्किँदा मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पताल महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय

काठमाडौँ, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र

काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ । बैंकको

स्याङ्जा, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो