अब नेपाल फर्किनुपर्छ भन्ने वातावरण बनाउन हामीलाई झकझकाइरहनुस् : सभामुख अर्याल

काठमाडौँ, १६ असार । सभामुख डीपी अर्यालले देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्नुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताले प्राप्त गरेको ज्ञानलाई लिएर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘देश फास्ट ट्र्याकमा बनाउनुपर्छ, देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको तीनवटा निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्पिरिट मिल्नुपर्छ। यसमा संविधानलाई अक्षरशः पालना गरेर अहिले भएको संविधानमा कहीँ कतै हामी कानुनी राज्यको परिकल्पना गरेका छौँ।’

कानुनी राज्यमा कहीँ कतै अप्ठ्यारो नपर्ने गरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा दुई मत नरहेको बताए । उनले भने, ‘आगामी दिनमा जनजीविकाको, राष्ट्रियताको, राष्ट्र निर्माणको, समृद्ध राष्ट्र बनाउने, सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गरेर नेपाल बस्न लायक भयो, अब फर्किनुपर्छ भन्ने वातावरण बनाउन हामीलाई झकझकाइरहनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असार । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ तुलसीपुर

काठमाडौँ, १६ असार । काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा सागमा विषादीको मात्रा उच्च रहेको नमुना

काठमाडौँ, १६ असार । कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट

काठमाडौँ, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो