११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

काठमाडौँ, २५ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब ९त्ब्ऋ० ले पुरुष र महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै समग्र टोलीतर्फ पनि शीर्ष स्थान हासिल गरेको छ।

प्रतियोगितामा आर्मीले पुरुषतर्फ ६ स्वर्ण, ६ रजत र ५ कांस्य तथा महिलातर्फ ५ स्वर्ण, ५ रजत र १ कांस्य गरी कुल ११ स्वर्ण, ११ रजत र ६ कांस्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भयो। बागमती प्रदेश २ स्वर्ण, ८ रजत र १२ कांस्यसहित दोस्रो तथा नेपाल पुलिस क्लब २ स्वर्ण, २ रजत र २ कांस्यसहित तेस्रो स्थानमा रह्यो।

महिलातर्फ ५१ केजीमा आरती भोम्जन, ५४ केजीमा वर्षा श्रेष्ठ, ६० केजीमा पुनम रावल, ६५ केजीमा चन्द्रकला थापा र ७५ केजीमा निरु गुरुङले स्वर्ण पदक जिते।

पुरुषतर्फ ५५ केजीमा प्रेम चौधरी, ६० केजीमा नितेश नेपाली, ७० केजीमा गेश कुमार श्रेष्ठ, ८० केजीमा दीपक श्रेष्ठ, ९० केजीमा मदन कार्की तथा ९० प्लस केजीमा गणेश प्रधान स्वर्ण पदक विजेता बने। त्यस्तै उत्कृष्ट महिला बक्सरकाे रूपमा नेपाल आर्मीकाे वर्षा श्रेष्ठ, उत्कृष्ट पुरूष बक्सरकाे रूपमा नेपाल आर्मीकै प्रेम चाैधरी तथा उत्कृष्ट रेफ्री सन्ताेस आले मगर बने ।

फाइनलका अधिकांश खेलमा आर्मीका खेलाडीले एकतर्फी प्रदर्शन गरे। महिलातर्फका चार तथा पुरुषतर्फका चार फाइनल खेल ५–० अंकले जितिएका थिए भने ९० केजी र ९० प्लस केजीका प्रतिस्पर्धा ३–२ को प्रतिस्पर्धात्मक नतिजामा टुंगिएका थिए।

नेपाल बक्सिङ महासंघले प्रतियोगितामा देशभरका प्रदेश तथा विभागीय टोलीका खेलाडीहरूको सहभागिताले नेपाली बक्सिङको प्रतिस्पर्धात्मक स्तर थप उकासिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १४ भदौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी

अमेरिका, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप