खैरो हेरोइनसहित ८ जना पक्राउ

कैलाली, १३ असार । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

मिडिया समन्वय शाखाका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट खैरो हेरोइनसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले एक सय ९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

उता धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट एक ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीन जना प्रहरी परेका छन् । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् ।

कैलालीकै टिकापुर नगरपालिका–९ खक्रौलाबाट चार सय मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ का २७ वर्षीय अरुण चौधरी र २७ वर्षकै धनप्रसाद अधिकारी रहेका छन् ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २८ वर्षीय सुरेन्द्र राना पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । रानाको साथबाट पाँच सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुडा प्रहरी चौकीले जनाएको छ ।

वेदकोट नगरपालिकाकै ७ नम्बर वडामा पर्ने मन्दिरपुरका २६ वर्षीय सुनिल  डगौरा पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । सुडा प्रहरीले उनलाई नौ सय मिलिग्राम खैरो हेरोइन र नगद आठ हजार ४४५ रूपैयाँसहित पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र