होटलमा एक युवा मृत फेला

डोटी, १३ असार । डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन् ।

जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् । प्रहरीका अनुसार कन्चनपुरबाट घुम्न आएका थापासहितका १३ जनाको टोली शुक्रबार राति करिब साढे ९ बजे होटल पुगेका थिए । उनी राति होटलको कोठा नं.२०४ मा चालक बसन्त बहादुर सिंहसँगै सुतेका थिए ।

बिहान उनी आफ्नै बेडमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिपिनगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र