काठमाडौँ, १३ असार । फ्रान्स समूह ‘आइ’ को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो ।
फ्रान्सका लागि उसामन डेम्बेलेले ह्याट्रिक गरे । उनले खेलको छैटौँ, २० औँ र ३१ औँ मिनेटमा गोल गरे। इन्जुरी समयमा डिजायर डिजोले गोल गरे । नर्वेका थियोलो ओसागर्डले २१ औँ मिनेटमा गोल फर्काएका थिए ।
फ्रान्सले यसअघि सेनेगललाई १-0 ले पराजित गरेको थियो भने इराकलाई ३-0 ले पराजित गरेको थियो । लगातार तीन जितबाट नौ अंक बटुल्दै फ्रान्स तालिकाको शीर्ष स्थानमा रहेको हो ।
समूह चरणमा सेनेगललाई पहिलो जित दर्ता गरेको हो । यसअघि उसले फ्रान्ससँग १-0 र नर्वेसँग ३-0 को हार व्योहोरेको थियो । सेनेगलले तालिकामा तीन अंक दर्ता गर्दै तेस्रो स्थानमा आएको छ । लगातार तीन खेलमाा हार व्योहोरेको इराक विश्वकपबाट बाहिरिएको छ ।






