गोलीसहित दुई जना पक्राउ

काठमाडौँ, १२ असार । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय सुभाष कुमार पासमान र सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन् ।

बिहीबार दिउँसो ४ बजेतिर बलान बिहुल गाउँपालिका वडा नम्बर–३  स्थित  टिकुलिया–बेल्ही सडक खण्डमा बाँसको टहरा (मचान) माथि शंकास्पद अवस्थामा बसिरहेका उनीहरूको शरीर खानतलासी गर्दा पासमानको साथबाट ८ एमएम लेखिएको २ दुई राउण्ड गोली फेला परेको हो ।

पक्राउ परेकाहरूलाई खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट पाँच  दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र