लागुऔषधसहित ११ जना पक्राउ

कैलाली, ८ असार । धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले वडा नम्बर ७ को मनोहरा, वडा नम्बर ३ को बोराडाँडी र वडा नम्बर १३ बाट ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ (२ ग्राम ३०३ मिलिग्राम) सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्थानीय शिवनारायण राना (२१), रामअवतार राना (२९), सुवास राना (२४), जस्मन्त राना (२७), सुवास राना (२७) र एक जना नाम नखुलाइएका १८ वर्षीय किशोर रहेका छन् ।

यस्तै वडा नम्बर ३ मा पर्ने फाप्ला क्रिकेट ग्राउन्ड नजिकबाट लागुऔषध चरेस (२ ग्राम ६३ मिलिग्राम) सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा वडा नम्बर १३ का २० वर्षीय बेनी माधव खड्का र १८ वर्षिय किशोर रहेका छन् । त्यसैगरी वडा नम्बर १ महोत्सव ग्राउन्डबाट अवैध लागुऔषध गाँजा (४ ग्राम ३४० मिलिग्राम) र चरेस (११० मिलिग्राम) सहित तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय २६ वर्षीय आयुष ओली, वडा नम्बर २ का २६ वर्षीये अस्पात अन्सारी र २५ वर्षीय प्रज्वल थापा रहेका छन् । वडा प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाईनबाट गौमुल गाउँपालिका ४ का २४ वर्षीय पुरन रोकाया ७ ग्राम ४३० मिलिग्राम लागुऔषध चरेशसहित पक्राउ परेका छन् । रोकायाबाट ४० ग्राम १९० मिलिग्राम गाँजासमेत बरामद भएको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र