मन्जुरीविना बिहे गरीदिएको आरोपमा एकजना पक्राउ

काठमाडौँ, ४ असार । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने नागेन्द्र यादवको इच्छा तथा मन्जुरी विपरीत सोही वडा बस्ने २२ वर्षीया एक किशोरीसँग जबर्जस्ती बिहे गराइदिएको आरोप छ ।

उनीहरुको बिहे वडा नम्बर ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा भएको थियो । पछि नागेन्द्रले आफ्नो मन्जुरी नहुँदानहुँदै कुटपिट गरी जबर्जस्ती बिहे गराइएको भन्दै ठाकुरविरुद्ध जाहेरी दिएका थिए ।

त्यसपछि फरार रहँदै आएका ठाकुरलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र