मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

 काठमाडौँ, २ असार । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किंलदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान धनकुुटा नगरपालिका वडा नं. ४ स्कुलडाँडा नजिकै धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को२५प१७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको झुम्का स्थायी घर भई विगत केही वर्षदेखि धनकुटामा बसोबास गर्दै फर्निचर तथा मिस्त्री व्यवसाय गर्दै आएका ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । त्यसैगरी, अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नं. १ हिलेका २८ वर्षीय श्याम तामाङ घाइते भएका छन् ।

तामाङ धनकुटा जिल्ला अस्पतालको डायलाइसिस वार्डमा कार्यरत कर्मचारी हुन् । तामाङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दुर्घटनापछि घटनास्थल नजिकै शारीरिक प्रशिक्षण (पीटी) गरिरहेको नेपाली सेनाको भिमदल गणको टोलीले तत्काल उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल पुर्‍याएको थियो ।

दुर्घटनामा दुवै मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना

काठमाडौँ, २ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का

काठमाडौँ, २ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक

काठमाडौँ, १ असार । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया