प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ

काठमाडौँ, १ असार । जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको नक्कली परिचयपत्र, भारी मात्रामा लागु औषध र नगद रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

लागु औषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३२ वर्षीय एक युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नारायणटार स्थायी घर भई हाल सोही नगरपालिकाको वडा नम्बर ८ माकलबारीमा डेरा गरी बस्ने वर्ष ३२ को नवाङ शेर्पा रहेका छन् । प्रहरी टोलीले शेर्पा बस्ने कोठामा शङ्का लागेर चेकजाँच तथा खानतलासी गर्ने क्रममा अवैध लागु औषध, नगद र प्रहरीको नक्कली परिचयपत्र फेला पारेको थियो।

शेर्पाको कोठाबाट जम्मा ३४६ एम्पुल लागु औषध बरामद गरिएको छ । जसमा ब्रोफिन ११५ एम्पुल, फेनारगन ११४ एम्पुल र डाइजापाम ११७ एम्पुल रहेका छन्। लागु औषधका साथै उनको कोठाबाट नेपाली नगद २५ हजार ५० रुपैयाँ र नेपाल प्रहरीको नक्कली परिचयपत्र समेत बरामद भएको हो ।

गत जेठ ३० गते दिउँसो नियन्त्रणमा लिइएका शेर्पामाथि थप कानुनी कारबाही अघि बढाइएको छ । उनलाई लागु औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउन काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।  आज लोकसेवा

काठमाडौँ, १ असार । नेकपा (एमाले)ले सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ । आज प्रतिनिधिसभा बैठकमा एमालेकी उपनेता

काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले ढुक्क रहन आग्रह गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन