काठमाडौँ, १ असार । काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौँनै फर्काइएको छ।
आज बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको छ । जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् ।
जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको बताइएको छ ।






