युवकको हत्या गरेर भागेको आरोपमा एक साधु पक्राउ

काठमाडौँ, ३० जेठ । पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेर भागेका एक जना साधुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्रव्यनाथ भन्ने सुबिन रानामगर छन् । 

प्रहरीका अनुसार आरोपी मन्दिर परिसरमा  २०८२ फागुन ६ मा सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरीको हत्यामा संलग्न रहेको अनुसन्धान निष्कर्ष छ । उनलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो ।

सन्तोष गिरी भन्ने सन्तोष परियार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर परिसरको १५ नम्बर शिवालयमा मृत अवस्थामा भेटिएका थिए । चिम्टा र बाँसको चिर्पटले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महाशिवरात्रिको मेलामा पशुपति पुगेका भारतीय साधु निरजनाथ समेतको समूहसँग वादविवाद हुँदा समूह मिलेर उनलाई चिम्टा लगायतका बस्तुले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्यामा संलग्न आशंकामा यसअघि प्रहरीले भारतको उत्तर प्रदेश मथुरा घर भएका ४८ वर्षीय नीरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

फागुन ५ मा गिरीको हत्या गरेपछि मुख्य आरोपी द्रव्यनाथ चाहिँ बल्खु हुँदै भारततर्फ लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र