६ जना जुवाडे पक्राउ

काठमाडौँ, २९ जेठ । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च बुढा, ठूलीभेरी–५ का ३८ वर्षीय ओमबहादुर रोकाया, ठूलीभेरी–३ कै ५० वर्षीय हिराबहादुर रोकाया, ठूलीभेरी–४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया, डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–७ का ३३ वर्षीय सागर श्रेष्ठ र डोल्पाकै काइके गाउँपालिका–२ का ४० वर्षीय अंगलकुमार रानामगर छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोल्पाको टोलीले पक्राउ गरेको हो । बिहीबार दिउँसो ३ बजेतिर दुनै बजार बस्ने पञ्च बुढाको घरमा उनीहरुले जुवा (कौडा) खेलेको प्रहरीले बताएको छ । उनीहरूबाट ४९ हजार ८ सय बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र