कटुवा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ, २७ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका-५ सत्कार चोक नजिक एक घरको कोठाबाट कटुवा पेस्तोल तथा विभिन्न शङ्कास्पद सामान सहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्ने २४ वर्षीय साहिल खान रहेका छन् ।

मंगलबार राति २२:२५ बजे विशेष सूचनाको आधारमा प्रहरीले खानको कोठामा चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान, रेन्च १ थान, चाँदीको करुवा १ थान, चाँदीजस्तो देखिने घाँटीमा लगाउने माला २ थान, टर्चलाइट २ थान, फलामको रड १ थान, डिजिटल काटा १ थान र खुकुरी १ थान बरामद गरेको हो ।

बरामद सामान सहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र