कारागारबाट फरार भएका व्यक्ति पक्राउ

काठमाडौँ, २६ जेठ । जेन्जी आन्दोलनक्रममा नख्खु कारागारबाट फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुले साबिक उदयपुर–८ हाल महाराजगंज नगरपालिका वडा नं ६ बन्जरियाका ५८ वर्षीय राम जैस मौर्यालाई पक्राउ गरेको हो ।

उनी कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतको फैसलापछि २० वर्ष जन्म कैदमा परेका थिए । उनीसहित ८ जनाले सुरुङ खनेर कारागारबाट भागेका थिए । २०६८ जेठ १० गतेको फैसलाले उनलाई २५ वर्ष ३ महिना ३ दिन कैद सजाय तोकिएको थियो । पछि २०६३ माघ २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा कैद लगत संसोधन गरी २० वर्ष कैद हुने फैसला भएपछि २०६८ असार १३ नख्खु कारागार ललितपुर लगिएका थिए ।

२०८२ भदौ २४ गते जेन्जी आन्दोलनको सिलसिलामा कारागारबाट भागेका उनलाई आइतबार कृष्णनगर–१ कुकुरभुकुवाबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका मौर्यलाई बाँकी कैद भुक्तानीका लागि जिल्ला अदालतमार्फत कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र