सिर्जनशील समाजका २९ जनाद्वारा रक्तदान: एसइइ उर्तीण २३ विद्यार्थीलाई सम्मान

भक्तपुर, २३ जेठ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिणबाराही पार्कमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २९ जना रक्तदाताले रक्तदान गरेका छन् ।

शंकर योग साधना केन्द्र, ओम सिर्जनशील समाज र सिर्जनशील महिला समाजको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा आज भएको कार्यक्रममा २९ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ । उपत्यकावासी नागरिकहरु रगतको अभावमा अकालमा नै मृत्युबरण गर्नु नपरोेस् भनि मानविय सेवाको भावनामा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा २०८२ सालको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याएर उर्तीण हुने २३ जनालाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्र तथा माँयाको चिनो समेतले सम्मान गरिएको हो । जसमा ४ जिपीए ल्याउने एकजनालाई नगदसहित सम्मान गरिएको छ । उक्त नगद बरिष्ठ पत्रकार पेशल आचार्यले उपलब्ध गराउनुभयो । त्यस्तै समाजले अरनिको माधयमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत एक छात्रलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । गरिव तथा जेहेन्दार उनलाई वार्षिक रुपमा अध्ययनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाइएको छ । उक्त समाजले प्रत्येक वर्ष यस्ता सामाजिक तथा शैक्षिक कार्यहरु गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष लक्षुराम न्यौपानेले रक्तदाता तथा विद्यार्थीलाई प्रमाणपत्र/सम्मानपत्र वितरण गर्नुभयो । कार्यक्रममा वडा सदस्य तारा सापकोटा, दधिकोट खानेपानी आयोजनाका अध्यक्ष कृष्ण खड्का, नगरपालिकाका योजना प्रमुख जनक न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, स्थानीय व्यवसायी तथा उक्त समाजमा वसोवास गर्ने स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, २३ जेठ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक

काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले कतिपय क्षेत्रगतमा पर्याप्त ध्यान दिन नसकेको