एनपीएलको उद्घाटन समारोहमा प्रधानमन्त्री साह सहभागी हुने

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रधानमन्त्री साहको उपस्थिति हुने भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि प्रतियोगिता सुरू हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल आज साँझ ५ बजे सुरुबाट सुरु हुनेछ । एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक

काठमाडौँ, १० कार्तिक । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका

काठमाडौँ, १० कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन