अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित

एजेन्सी, २१ जेठ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । 

युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार रिपब्लिकन सांसदहरू सामेल भएपछि २१५ मध्ये २०८ को भारी मतले यो प्रस्ताव पारित भएको हो । चार महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो । आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ । 

यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानुन बन्ने छैन । यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक छ । सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । 

युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit