६४६ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउन र असार महिनाको तथ्याङ्कअनुसार बागलुङ नगरपालिकामा मात्रै ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा ४५, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, ताराखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा सात, तमानखोला गाउँपालिकामा दुई र बरेङ गाउँपालिकामा दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । अन्य जिल्लाबाट उपचारका लागि बागलुङ आएका ३८ जनामा डेङ्गु देखिएको छ ।

साउन महिनामा मात्रै बागलुङ बजारमा १८२ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेङ्गु बढेपछि वडा तहमा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको