फेक अकाउन्ट बनाएर ब्ल्याकमेल गर्ने १५ जना पक्राउ

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. १६ पकनाजोलस्थित होटल एसबाट पक्राउ गरेको हो। 

भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शङ्कास्पद रूपमा बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले जेठ १५ गते उक्त होटलमा छापा मारेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका बंगलादेशी नागरिकहरूले होटल एसको चौथो, पाँचौँ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिएर अवैध धन्दा चलाइरहेको खुलेको छ । 

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा विदेशी मोडल तथा युवतीहरूको नक्कली अकाउन्ट बनाएर बंगलादेशी र भारतीय नागरिकहरूलाई तारो बनाउने गरेका थिए । युवतीका नामबाट सर्वसाधारण पुरुषहरूलाई साथी बनाउने, कुराकानी गर्ने र पछि विभिन्न बहानामा ब्ल्याकमेल गरी मोटो रकम माग गर्ने जस्ता साइबर अपराध र अवैध गतिविधिमा उनीहरू संलग्न रहेको अवस्थामा फेला परेका हुन् ।

पक्राउ पर्नेहरूमा २५ वर्षका एमडी मजिदुल इस्लाम रेदोय, २२ वर्षका सफिउल इस्लाम, २२ वर्षका अपोन चन्दा साहा, २६ वर्षका अब्दुल्लाह अल जोबाएर, २६ वर्षका अबुल हस्नाई र २४ वर्षका अल शाहरियार रहेका छन्। यसैगरी ३० वर्षका फैसल, २५ वर्षका आजाद हुसेन, १९ वर्षका एमडी अजमैन, २० वर्षका एमडी तमिम हसन सौरभ, २० वर्षका एमडी जकारिया जन्नात, २४ वर्षका साकिल अनवर, २१ वर्षका हरजोत बिल्लाल राफत, २५ वर्षका ओमित हसन शेकात र ३० वर्षका एमडी इस्माम हसन स्वाधीन पनि पक्राउ परेका छन् । पक्राउ परेका यी सबै बंगलादेशी नागरिकहरू हाल काठमाडौँ महानगरपालिका वडा नं. १६ मा बस्दै आएका थिए ।

पक्राउ परेका सबै विदेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली