रुसको बेल्गोरोदमा क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु

एजेन्सी, १ भदौ । रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित ६ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । बेल्गोरोदका कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले सोमबार उक्त जानकारी दिएका हुन् ।

शुभाएभका अनुसार युक्रेनको सीमाबाट करिब १५ किलोमिटर टाढा पर्ने भालुइस्की जिल्लाको कोलोस्कोभो गाउँमा क्षेप्यास्त्र प्रहार भएको थियो । आक्रमणबाट एउटा संरचनामा आगलागी हुनुका साथै एउटा सवारीसाधनमा क्षति पुगेको उनले रुसी सरकारी सञ्चारमाध्यम ‘म्याक्स’ मार्फत जानकारी दिएका छन् ।

यो घटना रुस र युक्रेनले एकअर्काको भूभागमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेका भोलिपल्ट भएको हो । उक्त आक्रमणमा दुवै पक्षका गरी १९ जनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य कारबाही सुरु गरेयता दुवै पक्षबीच निरन्तर हवाई आक्रमण हुँदै आएको छ । पछिल्लो समय अग्रपङ्क्तिको लडाइँमा अपेक्षाकृत कमी आए पनि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन् ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा नियमित रूपमा क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ । पछिल्ला दिनमा युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा देखिएको कमजोरीको फाइदा उठाउँदै रुसले ब्यालिस्टिक क्षेप्यास्त्रसहितका हतियार प्रयोग गरेर आक्रमण तीव्र पारेको युक्रेनी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली