ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

काठमाडौँ, १८ जेठ । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान बडीमालिका नगरपालिका २ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन् ।

मार्तडी गौमुल पक्की सडकखण्ड अन्तर्गत भौनेरा क्षेत्रमा गुडिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका स्थायी घर भएका २२ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन् । उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चौधरीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । 

उनको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली