६ जना जुवाडे पक्राउ

काठमाडौँ, १८ जेठ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ पिपल चोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले होटलको तेस्रो तलाबाट उनीहरूलाई तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट नगद ५७ हजार ६ सय २५ रुपैयाँ, ३ बुङ तास, ६ थान मोबाइल र ४ थान मोटरसाइकल बरामद गरेको छ । पक्राउ पर्नेहरूमा ४७ वर्षीय भलराज राई, ४५ वर्षीय चित बहादुर राई, ४६ वर्षीय बोध बहादुर थापा मगर, ३८ वर्षीय विजय राई, ३० वर्षीय संजिब बुढाथोकी र ४९ वर्षीय पुर्ण बहादुर राई रहेका छन् ।

पक्राउ परेका सबै जनालाई बरामद गरिएका सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ । उनीहरूमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली