विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाडौँ, १७ जेठ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

विशेष कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको विशेष उपस्थिति थियो । सार्वजनिक बिदाको दिन भए पनि आफ्ना प्रिय क्रिकेटरलाई भेट्न र उनको प्रेरणादायी सन्देश सुन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

बाँके, ९ भदौ । नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वाराका रूपमा विकास गरिने संकल्प गरिएको छ । पश्चिम नेपालको