काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति कालपानीस्थित भित्री सडक खण्डमाको भित्री सडक खण्डमा दुर्घटना हुदा भेरीगंगा नगरपालिका– २ का २३ वर्षीय कमल वलीको मृत्यु भएको हो ।
कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले पैदल वलीलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै घाइते वलीलाई उनका बुबा दलबहादुर वलीले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याए ।
वलीको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको मगराठीले बताए । उनकाअनुसार प्रहरीले टिपर र चालक वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय मानबहादुर चौधरीलाई सत्तरीबाट नियन्त्रणमा लिएको छ ।






