आजको मौसम

काठमाडौँ, १४ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।  कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधरणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र