नेपालले चीनलाई १९ रनले हरायो

काठमाडौँ, १३ जेठ । महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले हराएको हो । १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्रै बनाउन सक्यो ।

उसका लागि कप्तान झु मिंगीले ३०, वाङ हिइङले २१, वि हैटिङले १८ तथा लि जियापिङले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । चीनले अतिरिक्त १७ रन जोड्यो ।

बलिङतर्फ नेपालकी रिया शर्माले दुई तथा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले एक–एक विकेट लिए । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो ।

उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन्। ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन् । यस्तै, रुवि पोद्धारले २२ तथा सोनी पाख्रिनले १८ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ मा रिकले दुई तथा वाङ हिइङ र ली जियापिङले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ जेठ । सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.

काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न

काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे