नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ, १३ जेठ । नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटमा चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको हो ।   

नेपालकी पूजा महतोले ६३ रनको इनिङ खेलिन् । उनले ५७ बलमा ६ चौका प्रहार गरिन् । रुवी पोदारले अविजित २२ र सोनी पाख्रिनले १८ रन बनाए । 

चौथो विकेटका निम्ति पूजा र रुवीले ६४ रनको साझेदारी गरेका थिए । चीनकी मा रुइकले दुई विकेट लिइन् । वाङ हुइयिङ र जियापिङ लीले समान एक विकेट हात पारे  । 

नेपाल सुखद् सुरुआतको लक्ष्यमा रहँदा चीन भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने सोचमा छ । चीनले मंगलबार सम्पन्न पहिलो खेलमा इन्डोनेसियाविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो । 

यसअघि, नेपाल र चीनले दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै खेलमा नेपाल विजयी भएको छ । नेपालले पहिलोपटक सन् २०१९ को जनवरीमा चीनसँग पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले १० विकेटको जित दर्ता गरेको थियो । 

पछिल्लोपटक नेपालले सन् २०१९ कै फेब्रुअरीमा चीनको सामना गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पाँच रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ  बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ । 

काठमाडौँ, ३१ असार । आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर

काठमाडौँ, ३१ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate