पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

काठमाडौँ, १३ जेठ । भैरहवामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर कक्षा ८ मा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिलमा डेरा गरी बस्दै आएका १६ वर्षीय सुरज गुप्ता छन् ।

उनीहरू साथी रहेको प्रहरीले जनाएको छ । गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए भने चौधरी लिलाराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।

प्रहरीका अनुसार डुबेको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगे पनि दुवै जनाको मृत्यु भइसकेको थियो । प्रहरीले डुबेकै अवस्थामा उनीहरूको शव बाहिर निकालेको जनाएको छ । भीम अस्पताल भैरहवामा पोस्टमार्टमपछि एक जनाको शव हिजै मंगलबार र अर्का एक जनाको शव आज परिवारले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ जेठ । सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.

काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न

काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे