रास्वपाका १६ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनले छानबिन गरी दोषी देखिए कारबाही गर्न सिफारिस गरेको हो ।

जसमा रास्वपाका सांसदहरू मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादवमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका सुधन र सांसद यादवले जेनजी आन्दोलन गर्न लागि अनुमति लिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । भिडलाई उक्साउने समूहलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । आयोगले तयार पारेको प्रतिवेदन बुधबार आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ जेठ । सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.

काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न

काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे