सगरमाथाको संरक्षण गर्न सरोकारवालासमक्ष राष्ट्रपतिको आग्रह

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालासमक्ष आग्रह गरेका छन् ।

मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीको उपस्थितिमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले सगरमाथाको संरक्षण गर्न आग्रह गरेका हुन् ।

सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उनले उल्लेख गरे । यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने उनले धारणा व्यक्त गरे ।

उनले सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल र अन्तर्राष्ट्रिय सहकार्य तथा संवाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्त्व रहने बताए । विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीप्रति उनले चिन्ता व्यक्त गरे ।

उनले भने, “जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोरजस्ता समस्या अहिले ठूलो चुनौती बनेका छन् । यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ जेठ । सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.

काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न

काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे