‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन

काठमाडौँ, १३ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे) को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो ।

वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरी अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ ।

हाब्रेको पेट र आन्द्रामा हुने परजीवी (किरा/जुका)को अवस्थाका विषयमा अध्ययन भइरहेको छ । दिसा भेटिएका ठाउँहरुमा जडान भएको १२ वटा स्वचालित क्यामेरामा कैद हुने दृश्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्नका लागि पनि अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा

काठमाडौँ, १ भदौ । जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ भदौ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास