हत्या गरेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ, १ भदौ । जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका दैलेख नारायण नगरपालिका घर भई जाजरकोट भेरी नगरपालिका-११ जगतिपुरमा औषधी पसल गरी बस्ने ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २५ गते बेलुका अङ्दाजी २१:०० बजे भेरी नगरपालिका-१० नुवागाउँस्थित स्थानमा थापालाई भेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्रीसहितको समूहले हातमुक्का प्रयोग गरी कुटपिट गरेको थियो । कुटपिटबाट घाइते भएका थापालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम लगिएको थियो । 

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज केयर सिटी अस्पताल लगिएकामा उपचारकै क्रममा साउन २८ गते बिहान ०१:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भेरी नगरपालिका-८ का ३३ वर्षीय बिरेन्द्र खत्री, वडा नं. ९ का २१ वर्षीय निरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाईलाई साउन २९ गते पक्राउ गरेको छ । 

पक्राउ परेका व्यक्तिहरूलाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा

काठमाडौँ, १ भदौ । जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ भदौ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास

काठमाडौँ, १ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ